कैलालीमा ठूलीगाडको बाढीमा श्रीमान श्रीमती फसे
कैलालीको ठूलीगाडमा आएको बाढीमा दुईजना फसेका छन् । डोटी र कैलालीको सिमना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्श्री-मती फसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रतीक बिष्टले स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जानकारी दिए ।
उनीहरुको उद्दारका लागि हेलीकप्टर धनगढी पुगेको भएपनि प्रतिकुल मौसमका कारण समस्या भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए । यस्तै टीकापुरमा कर्णाली नदी गाउँ पसेको छ ।
टीकापुर नगरपालिका–५ को साइपुरमा नदी टतीय क्षेत्रमा पसेको बताउँदै प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
२ कात्तिक २०७८, मंगलवार १३:५० बजे प्रकाशित













