कञ्चनपुरको ‘भाइरल रोड’ महाकालीले भत्कायो
महाकाली नदीमा आएको बाढीले कञ्चनपुरस्थित महाकाली नदी किनारमा रहेको चर्चित ‘भाइरल रोड’ भत्काएको छ। निर्माणकै क्रममा रहेको भुजेलास्थित उक्त रोड हेर्न दैनिक सयौँको संख्यामा आन्तरिक पयर्टक त्यहाँ पुग्ने गरेका थिए।
२ दिनदेखिको लगातारको वर्षाले रोड कटान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। सोही क्षेत्रमा महाकाली नदीमा निर्माण भइरहेको ४ लेनको पक्की पुलमा समेत क्षति भएको छ।
२ कात्तिक २०७८, मंगलवार ११:५३ बजे प्रकाशित













