सेती अस्पतालमा ७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५ जनाको नमूना परिक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।हाल अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जना अस्पताल भर्ना भएका छन् । भने ३ जना कोरोनामुक्त भएका छन् ।

यस्तै सोही अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ७० बर्षीय एक पुरुष र कञ्चनपुरको बेलडाडी गाँउपालिका २ का ६७ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।


१ कात्तिक २०७८, सोमवार १२:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु