ढाड दुख्ने समस्या छ भने यी हुन् कम गर्ने घरेलु उपायहरु
तनावपूर्ण जीवन, यात्रा, बर्कआउट लगाएतका कृयाकलापले सामान्य स्वास्थ्य समस्याका कारण बन्दछन् ।स्वास्थ्यको सवाल भएकाले यसको समयमा नै समाधान खोजिएन भने भविष्यमा भयानक परिणाम देखा पर्न सक्दछ ।
आजभोलि एउटा उमेर पछि ढाड दुख्ने समस्या धेरै जसोमा देख्न सकिन्छ । चाहे शहरमा बसेर कार्यालय जनाए हुन् या गाँउमा बसे खेति किसानी गरेर बस्ने हुन् सबैमा ढाड दुख्ने समस्या आउने गरेको पाइएको छ । हामीले यँहा ढाड दुख्नबाट कम गर्न सकिने केहि घरेलु उपायको चर्चा गर्न खोजेका छन् ।
तपाइँलाई यी उपाय सहयोगी हुन् सक्दछन् ।
१. नरिवलको तेललाई भाँडामा राख्नुस् र यसलाई ५ मिनेट जती तताउनुस् । तताइसकेपछि एक बन्द बोतलमा राख्नुस् । शुरुमा हप्तामा दुई पटक राती सुत्नु अगाडि ढाडमा मालिस गर्नुहोस् ।
२. मनतातो पानीको बाल्टीनमा केहि थोपा तेल राख्नुस्, यसरी तयार पारीएको पानीले नुहाँउदाँ तपाईको ढाड दुखाइ कमगर्न सहयोग गर्दछ । यति मात्र होइन, तपाई तनाव मुक्त पनि महसुस गर्नु हुनेछ ।
३. जब तपाई केहि समय टिभी हेर्दै हुनुहुन्छ भने, पछाडि तातो पानीको भाँडा वा तातो वस्तुमा अड्डिनुस्, यसले पनि तपाईका ढाड दुखाइमा कमी ल्याउने छ । तातो वस्तु पछाडि प्रयोग गर्दा तपाईलाई सजिलो भएको महसुस हुनेछ ।
४. नुहान जानु अघि एक घण्टा जति तोरीको तेलले ढाड मालिस गर्नुहोस् । यसो गर्नाले तपाइलाई तातोपानीको बाफ लिएक ओजस्तो अनुभूति हुनेछ र ढाड दुखाई छ भने यसले कम गर्ने छ ।
५. तातो दुधको गिलासमा हल्का खरानी र महपनि राखनुहोस्। यसलाई नियमीत रुपमा प्रयोग गर्न सक्नु भयो भने तपार्यको ढाड, घाँटीको दुखाइ र चिसोबाट पनि बच्न सकिन्छ।
६. चिया पिउदाँ अदुवाको प्रयोग गर्नुस्, यसले पनि तपाईको ढाडको समस्या कम गर्न सहयोग गर्दछ ।
एजेन्सीहरुको सहयोगमा
३१ असोज २०७८, आइतवार ०९:४३ बजे प्रकाशित













