साफ च्याम्पियन्सिप : भारतसँग पराजित भयो नेपाल

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत भारतविरुद्धको खेलमा नेपाल पराजित भएको छ।यसअघिका दुई खेलमा जित निकालेको तेस्रो खेलमा नेपालले भारतलाई १–० ले नतिजा सुम्पिएको हो।यस जितसँगै भारतले पनि तीन खेलबाट ५ अंक बटुलेर फाइनलको सम्भावना बढाएको छ। नेपालले तीन खेलमध्ये २ मा जित र १ मा हार भोग्दै ६ अंकसहित दोस्रो स्थानमा छ।

माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो। तर दोस्रो हाफको ८२ औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गर्दै भारतलाई जिताए।

भारतसँगको हारसँगै नेपालले फाइनलमा स्थान बनाउन लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्नुपर्नेछ। हारका बाबजुद पनि नेपालको फाइनल पुग्ने सम्भावना कायमै छ।नेपालले दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो। नेपालमाथिको जितसँगै भारतको फाइनल पुग्ने गणितीय सम्भावना बढेको छ।

समुह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ। भारतले आयोजक माल्दिभ्सको सामना गर्नेछ। नेपालले बंगलादेशलाई बराबरीमा रोके पनि फाइनलमा स्थान बनाउने छ। भारत र मालसदभ्सबीचको खेलको विजेता फाइनलमा पुग्नेछ।

हारले नेपाल अंक तालिकाको दोस्रो स्थानमा झर्दा भारत तेस्रो स्थानमा उक्लिएको छ। ३ खेलबाट ६ अंक जोडेको आयोजक माल्दिभ्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।समान अंक भए पनि नेपाल गोलअन्तरमा दोस्रो स्थानमा झरेको हो। १ खेलमा जित र २ खेलमा हार भोगेको बंगलादेश तेस्रो स्थानमा उक्लेको छ।४ अंक भएको बंगलादेश चौथो स्थानमा छ। साफको ४ खेलमा पराजित भएको श्रीलंका उपाधि भिडन्तबाट बाहिरिइसकेको छ।


२५ असोज २०७८, सोमवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु