फूलवारी बहुमुखी क्याम्पसका नव आगन्तुक विद्यार्थीलाई स्वागत
धनगढी उपमहानगरपालिका–१८ स्थित फूलवारी बहुमुखी क्याम्पसले स्नातक प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत गरेको छ । क्याम्पसमा आयोजित एक कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
सो अवसरमा क्याम्पसमा विजया दशमी , शुभ दिपावली एवं छठ पर्व को शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको छ ।स्नातक तृतीय वर्षमा अध्ययनरत छात्रा विष्णु सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्वर–१८ का वडा अध्यक्ष मुरारी अधिकारी रहेका थिए ।
यस्तै विशिष्ट अतिथिमा क्याम्पस संचालक समितिका अध्यक्ष रमेश बस्नेत रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले क्याम्पसको विकासका निम्ति निष्ठापुर्वक लाग्नु पर्ने धारणा ब्याक्त गरेका थिए । प्रमुख अतिथि अधिकारीले विद्यार्थीहरुको पठनपाठनका निम्ति नगरसभा बाट पारित भएमा प्रतेक बर्ष १० देखि १५ लाख सम्मको अनुदानको व्यवस्था गर्नका निम्ति कार्ययोजना बनाएर लागेको समेत बताए ।
त्यसैगरी क्याम्पस संचालक समितिका अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि रमेश बस्नेतले क्याम्पसले संचालन गरेको एक घर एक सदस्य अभियानमा सम्पुर्ण अभिभावकहरुलाई सहभागी हुन आग्रह गरेका छन ।
बस्नेतले भने हामी एक घर एक सदस्य संगसंगै एक टोल १० विद्यार्थी भन्ने नाराका साथ विद्यार्थी संख्या अभिवृद्धि गर्ने योजनमा छौ । क्याम्पसमा विद्यार्थी संख्या वृद्धि मात्र नभइ क्याम्पसको शैक्षिक गुणस्तर पनि तत्काल सुधार गर्दै क्याम्पस को विकासमा १० बर्षे कार्ययोजना बनाएर लाग्ने छौ।
स्नातक चौथो वर्षमा अध्ययनरत छात्रा खिमा ओझाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पृथ्वी जोशीले गरेको थिए ।
१९ असोज २०७८, मंगलवार १२:३८ बजे प्रकाशित































