राप्रपाको जिल्ला अधिवेशनबाट बडाल सर्वसम्मत अध्यक्षमा चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष बीरसिह बडाल पुन अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । राप्रपा दार्चुलाको सोमबार भएको जिल्ला अधिवेशनबाट बडाल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सदरमुकाम खलंगामा भएको जिल्ला अधिवेशनले बरिष्ट नेतामा चन्द्रबल्लभ जोशी, प्रथम उपाध्यक्ष इन्द्रा बोहरा, उपाध्यक्ष गणेश सामन्त, उपाध्यक्ष सुराज ऐतवाल, सचिव अमर पुरुष, सहसचिव जमनसिह थापा र कोषाध्यक्षमा मदनसिह धामी चयन गरिएको छ ।

यस्तै कार्यसमिति सदस्यहरुमा मीनबहादुर पाल, नारायण दत्त भट्ट, लोकेन्द्र बडाल, धनसिह धामी, बिस्ने बोहरा, भानबहादुर चन्द, धनसिह धामी, कल्यानसिह कार्की, रामसिह कार्की र मोहनसिह धामी चयन भएको सचिव अमर पुरुषले जानकारी दिए ।


१९ असोज २०७८, मंगलवार ०९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु