punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा बाल बाटिका फुटबल लिग हुने

Chaupati
safha napa

कैलालीको बर्दगोरिया गाउँपालिकामा प्रथम प्रदेश व्यापी विद्यालय स्तरीय छात्ररछात्रा बाल बाटिका फुटबल लिग २०७८ हुने भएको छ । नव बाल बाटिका विद्या मन्दिरले ठुलो धनराशिको विद्यालय स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । विद्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजना गर्ने लिगको बारेमा जानकारी दिएको छ ।

‘पारस्परिक सद्भाव शैक्षिक विकास,लैङ्गिक समानता एवम् स्वास्थ्यका लागी खेल’ भन्ने मूल नाराका साथ मसिंर १७ गते पुस १० गतेसम्म फुटबल लिग २०७८ प्रतियोगिता हुने बताइएको छ । विद्यालय स्तरबाट फुटबल खेलको विकासका लागी प्रथम प्रदेश व्यापी विद्यालय स्तरीय छात्ररछात्रा बाल बाटिका फुटबल प्रतियोगिता हुने भएको हो । कक्षा १० सम्म अध्ययनरत छात्ररछात्रा बिद्यार्थीहरुको सहभागी हुने गरी प्रतियोगिता गर्न लागिएको हो ।

विद्यालय स्तरबाटै देशका लागी सबल, सक्षम, सृजनशील र अनुशासित उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्नको लागी फुटबल लिग आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं नव बाल बाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिए ।

प्रदेश स्तरीय प्रतियोगिता गर्दे गर्दा आउने चुनौतीहरूलाई अध्ययन गर्दे सो चुनौतीलाई पछ्याउँदै प्रतियोगिता सफल बनाउन आफूहरू सक्षम हुने कुरामा विश्वस्त भएको उनले बताए ।यस अघि दुई संस्करणको क्रिकेट प्रतियोगिताको आयोजना सफलता पूर्वक सम्पन्न गरेको हुँदा फुटबल प्रतियोगिता पनि सफल सफलता पूर्वक सम्पन्न गर्ने पत्रकार सम्मेलनमा प्रिन्सिपल प्रमोद मल्लले बताए । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका छात्ररछात्रा गरी ३२–३२ टिमको सहभागिता हुने अपेक्षा लिएको छ ।

प्रतियोगितामा प्रथम हुने छात्ररछात्रा टिमले १ लाख १ हजार रुपैयाँ र द्धितिय हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूले पनि धनराशिको पुरस्कार प्राप्त गर्ने भएका छन् । प्रतियोगिता लिक कम नकआउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ ।


१४ असोज २०७८, बिहीवार १८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु