सुदूरपश्चिमका २ प्रहरी सम्पर्कविहीन

प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई सम्पर्कमा आउन सूचित गरेको छ। गैरहाजिर भएकाहरुको नामावली प्रहरी प्रधान कार्यालय नक्शालले आइतबार सार्वजनिक गरेको हो।

उनीहरुलाई ७ दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ। जसअन्तरगत सुदूरपश्चिमका २ जना प्रहरी रहेका छन्। कैलालीको गोदावरी नगरपालिका–६ घर भइ जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी र डडेल्धुरा घर भइ दंगा नियन्त्रण प्रहरी गुल्म कञ्चनपुरमा कार्यरत डम्बर दियाल सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदमबहादुर थापा श्रीस र प्रविण राई सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।


१० असोज २०७८, आइतवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु