काँग्रेसमा सदस्यता टुङ्गिएका जिल्लाको संख्या ६९ पुग्यो

सत्तारुढ नेपाली काँग्रेसले थप पाँच जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । शनिबार पाँच जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको हो ।

विवादका कारण रोकिएका बाँके, सुर्खेत, सिरहा, महोत्तरी र डोल्पाको क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको हो । बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुङ्गिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन ।

निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा रहेको छन् ।

पाँच जिल्लामा भोलि नै निर्वाचन अधिकृत खटाइने पोखरेलले बताए । काँग्रेसको निर्णयअनुसार दशैंअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ ।

 


१० असोज २०७८, आइतवार ०९:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु