भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना

भारतीय सेनाको हेलिकोप्टर जम्मू कश्मीरको पटनीटप क्षेत्रमा दुर्घटना भएको छ। मंगलबार बिहान नाग देवता मन्दिरको माथि शिवगढको जंगलमा हेलिकोप्टर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन्।

घटनामा दुई जना पाइलट घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।दुर्घटनाग्रस्त हेलिकोप्टर सेनाको भएको बताइएको छ। घटनाको कारण उक्त क्षेत्रमा भइरहेको भारी वर्षा र कुहिरो बताइएको छ। अहिले उद्धार कार्य जारी रहेको बताइएको छ।


५ असोज २०७८, मंगलवार १८:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु