विद्युत प्राधिकरणको कार्यालयमा कार्यरत कर्मचारी आफैले लगाए ताला

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत कर्मचारी आफैले कार्यालयमा ताला लगाएका छन। सुदूरपश्चिमका विभिन्न क्षेत्रमा विगत तीन वर्षदेखि विद्युत मर्मतमा कार्यरत मजदुरले सोमबार कर्मचारीलाई भित्रै थुनेर ताला लगाएपछि मंगलबार प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारीले भित्रबाट ताला लगाएर प्रवेश निषेध गरेका हुन ।

सोमबार आगामी दुई वर्ष विद्युत मर्मतका लागि जिम्मेवारी पाएका नयाँ ठेकेदारले आफूहरुलाई निकालेको भन्दै मजदुरले तालाबन्दी गरेका थिए ।

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले कार्यालयमा कार्यरत कर्मचारीले असुरक्षित महसुस गरेपछि भित्रबाट ताला लगाएको हुनसक्ने बताए । कर्मचारीले असुरक्षित महसुस गरेपछि गेट र कार्यालयभित्र तालाबन्दी गरेर भित्र काम गरिरहेको बताइएको छ ।


५ असोज २०७८, मंगलवार १५:१० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु