नेपाल फार्मेसी संघ सुदूरपश्चिम समितिको अध्यक्षमा ओझा चयन

नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा केशब ओझा निर्वाचित भएका छ्न । सोमबार महेन्द्रनगरमा सम्पन्न भएको फार्मेसी संघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलनले केशव ओझालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो । यस अघि ओझा फार्मेसी संघ सुदुरपश्चिम प्रदेश समितीका साधारण सदस्य रहेका थिए।
यसै गरि फार्मेसी संघको प्रदेश समितिको उपाध्यक्षमा महेश शाही, अभिषेक कार्की र देवेन्द्र नाथ सर्वसम्मत निर्वाचित भएका छन् भने सचिवमा नविन धामी, कोषाध्यक्षमा फणेन्द्र जोशी, सहकोषाध्यक्षमा पुष्पा भट्ट तथा सदस्यहरुमा प्रितीधीर भण्डारी, लक्ष्मी चौधरी, पुजा विष्ट, करुणा भट्ट दिपेन्द्र महरा, कृष्णसिंह लोथ्याल, विनेश कठरीया, विज्ञान भट्ट, विरेन्द्रसिंह धामी र लोकेश गिरी चयन भएका छन् ।
फार्मासिस्ट हरेक व्यक्तिको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने पेसा भएतापनी पिछडिएका कारण उक्त पेसालाई व्यावसायिक, मर्यादित र व्यवस्थित एवं सुरक्षीत बनाउने लक्ष्य रहेको अध्यक्ष ओझाले बताए। उनले भनेसूसरकार पनि यस पेसा प्रती उत्तरदायी छैन, सरकारलाई समेत खबरदारी गर्ने छौ। ुजहाँ औषधि त्यहाँ फार्मासिस्टु भन्ने मुल नारालाई आत्मसात गर्दै पेसा भित्र रहेका बिकृतिहरु लाई समेत हटाउने छौ।ू
प्रत्येक हस्पिटल फार्मेसीमा फार्मासिस्ट अनिवार्य रहनुपर्ने समेत अध्यक्ष ओझाले बताए।सम्मेलनमा नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनाल प्रमुख अतिथि रहेका थिए भने सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँहरु बाट फर्मासिस्टहरुको पनि सहभागिता रहेको थियो । नेपाल फार्मेसी संघ केन्द्रीय समितिको समन्वयमा उक्त सम्मेलन सम्पन्न भएको अध्यक्ष ओझाले बताए ।
५ असोज २०७८, मंगलवार १४:५९ बजे प्रकाशित