फरार प्रतिबादी ५ वर्ष पछि पक्राउ
कैलालीमा ५ वर्षदेखि फरार दुई जना पक्राउ परेका छन्।कैलाली जोशीपुर गाउँपालिका –१ का ३० वर्षीय रवि कुमार चौधरी र कैलारी गाउँपालिका –१ का ५२ वर्षीय राजकर्ण कठरियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
चौधरीलाई बहुविवाह मुद्दामा जिल्ला अदालतले १ वर्ष कैद र २५ हजार जरिमाना तथा कठरियालाई वन मुद्दामा ५ महिना १० दिन कैद र २० हजार जरिमाना सजाय सुनाइएको थियो।
तर सजाय भुक्तान नगरी चौधरी २०७३ चैत्र २३ गतेदेखि र कठरिया ०७३ असोज १२ गतेदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेकाहरू मध्ये एकजनालाई सोमबार जिल्ला अदालत मर्मत कारागार चलाइन भइसकेको र थप एक जनालाई मंगलबार अदालत बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीक प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिस्टले जानकारी दिए
५ असोज २०७८, मंगलवार १३:४६ बजे प्रकाशित












