punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाको गृहजिल्लामा फेरि वडा अधिवेशन गराउन पौडेल समूहको माग

Chaupati
safha napa

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने अडान राखेको छ।

डडेल्धुरामा वडा अधिवेशन पुनः गराउनका लागि पौडेल पक्षीय नेताहरुले बिहीबार निर्वाचन समितिको ध्यानाकर्षण गराउँदै छन्।

दिउँसो २ बजे निर्वाचन समितिको कार्यालय रहेको पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ नेता पौडेलसहितका नेताहरु जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार पौडेलसँगै महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा। मिनेन्द्र रिजाललगायतका नेताहरु सानेपा जान लागेका छन्।

डडेल्धुरामा केही दिन सम्पन्न वडा अधिवेशनमा धाँधली भएको पौडेल समूहले आरोप लगाउँदै आएको छ।


३१ भदौ २०७८, बिहीवार १३:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु