कञ्चनपुरमा ३ लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी चौकी ब्रहमदेबबाट खटिएको टोलीले भदौ २६ गते सामान बरामद गरेको हो।

जिल्लाको भिमदत्त नगरपालिका ९ महाकाली नदीको किनार नजिक अन्दाजि २ लाख ७० हजार मुल्य बराबरको ६ पेटी खुकुरी चुरोट बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले बताएको छ।

बरामद गरीएका सामान आवश्यक कारबाहीको लागी मंगलवार गड्डाचौकी भन्सार कार्यालय महेन्द्रनगर कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


२९ भदौ २०७८, मंगलवार १०:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु