आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाकाे सम्भावना

आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।पानी पार्ने प्रणाली खासै नभएकाले केही दिन ठूलो पानी नपर्ने मौसमविद् गङ्गा नगरकोटीले बताए ।

उनका अनुसार आज दिउँसो र बेलुका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा पनि दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने उनले बताए । ठूलो पानी नपरे पनि जमिन गलेका भिरालो जमिनमा सुक्खा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।मौसमविद्ले अब बिस्तारै पानी पर्न कम हुने पनि बताएका छन् ।


२९ भदौ २०७८, मंगलवार ०९:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु