सांसद नारदमुनी रानाको बुई चढेर रोष्टममा जाने प्रयास

आफ्नो सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत परिवर्तन गरेर बाचन गरेका अर्थमन्त्री जनार्दन शर्मालाई रोक्न एमालेका सांसदले अनौठो तरिका अपनाएका छन् ।

प्रमुख प्रतिपक्षको अवरोध र नाराबाजीका बीच सभामुखले जबरजस्ती संसदको कारबाही अघि बढाएको भन्दै एमालेका सांसदहरू मर्यादापालकसँग ठेलमठेल गर्दै रोष्टमतर्फ अघि बढ्न खोजेका छन् ।

पूर्व वनमन्त्री नारदमुनी राना थारु, पूर्व सहायक मन्त्री आशा विक र नरबहादुर धामीले एमालेकै अन्य सांसदको बुइमा चढेर रोष्टमतर्फ जान खोजेका हुन् । उनीहरूलाई मर्यादापालकले रोक्न हम्मे–हम्मे परेको थियो । राना कैलाली ५ बाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेका सांसद हुन् ।

धामी एकीकृत समाजवादीकी सांसद राकुमारी भाक्री अनेरास्ववियूको अध्यक्ष हुँदा कोषाध्यक्ष थिए ।अर्को पटक महासचिवमा पराजित भए पछि उनी जिल्ला राजनीतिमा केन्द्रित भएका थिए । विक बझाङबाट प्रतिनिधित्व गर्ने सांसद हुन् ।


२५ भदौ २०७८, शुक्रवार १८:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु