punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम जसपाका दुई सांसद पनि बिभाजित

Chaupati
safha napa

सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा)का दुई जना प्रदेश सभा सदस्य पनि बिभाजन भएका छन् ।जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्।

सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेको निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष निर्वाचित चौधरी राजपा पक्षमा थिए । बिगतमा राजपा पक्षकै प्रदेशसभा सदस्य मलामती कुमारी रानाले भने महन्त ठाकुरको साथ छोडेकी छन् ।

उनले आफू जसपामै रहने बताइन् । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई मंगलबारसम्म दल रोज्ने समय दिएको छ।

 


२२ भदौ २०७८, मंगलवार ०८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु