punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घाँस काट्न गएकी किशोरीमाथि सामूहिक बलात्कार

Chaupati
safha napa

रौतहटमा १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य तीन जना मिलेर किशोरीलाई मंगलबार घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ ।

दलित समुदायकी ती किशोरीलाई युवकहरूले एकान्तमा देखेपछि मुख थुनेर, डर देखाई बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनीहरुले किशोरीलाई नगरपालिकाको वडा नम्बर ५ स्थित सिसौ घारीमा लगेर पालैपालो बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी छिन् ।

पक्राउ परेका आरोपी सहनीमाथि अनुसन्धान भइरहेको र अन्य फरार दुई जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।


१८ भदौ २०७८, शुक्रवार १३:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु