भदाै २३ अघि मन्त्रिमण्डल विस्तार हुने सम्भावना छैन : नेता नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गतेअघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताए।अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको पनि बताए ।

बिहीवार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए । सिंहदबारमा रहेको पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२र२३ गतेसम्म त मन्त्रिपरिषद् विस्तारका बारेमा कसैले चुइँक्क पनि नबोल्ने बताए ।

सत्तारुढ दलभित्रको विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको चर्चा भइरहँदा अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरूबीच छलफल हुने प्रतिक्रिया दिए ।

अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिलाई आह्वान गरे । केपी ओली र उनका मान्छेहरूले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरि आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न सफल हुने दाबीसमेत गरे ।

यसैबीच नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीवार नै सिंहदरबारमा रहेको दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।


१७ भदौ २०७८, बिहीवार १४:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु