सुदूरपश्चिमकी अर्थ राज्यमन्त्री गहतराज एमालेमै

सुदूरपश्चिम प्रदेशकी आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजले नेकपा एमालेमै रहने बताएकी छिन्। विगतदेखि नै माधवकुमार नेपालको पक्षमा रहेकी गहतराजले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत नगर्ने बताएकी हुन्।

‘नयाँ पार्टीको पक्षमा सनाखत गर्ने तयारी मेरो छैन। म एमालेमै रहन्छु,’ आर्थिक राज्यमन्त्री गहतराजले भनिन्।

मंगलवार एकीकृत समाजवादीको पक्षमा गहतराजले पनि सनाखत गर्ने चर्चा थियो। तर उनी सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा पुगिनन्।

सभामुखबाहेक एमालेका २४ प्रदेश सांसद रहेको सुदूरपश्चिममा अहिलेसम्म १० जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। २२ गतेसम्म सनाखत गर्ने सुविधा प्रदेश सांसदसंग छ।


१७ भदौ २०७८, बिहीवार १४:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु