सेती अस्पतालमा १६ जनामा संक्रमण पुष्टि
सेती प्रादेशीक अस्पतालमा गरिएको कोरोना परिक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ नमूना परिक्षण गरिएकोमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत १ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन ।
यस्तै १ जना नयाँ भर्ना भएका छन । हाल अस्पतालमा ११ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ जनाको आईसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।
१७ भदौ २०७८, बिहीवार १३:११ बजे प्रकाशित












