punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बनबासा पुलमा सवारी आवागमन बन्द

Chaupati
safha napa

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको बनबास पुलमा शुक्रबारदेखि सवारी साधन आवागमन बन्द गरिएको छ । पहाडी क्षेत्रमा लगातार भएको अविरल वर्षासँगै भारतले धौलीगंगाको बाँध खोलेपछि महाकालीमा शुक्रबार बिहादेखि बाढी आएको हो ।

प्रहरीका अनुसार महाकाली नदीमा शनिबार बिहान पानीको बहाव १ लाख ५ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ । शुक्रबार साँझ पानीको बहाव १ लाख ६७ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको थियो ।

झण्डै सय वर्षअघि बनेको बनबासा पुल जीर्ण भएका कारण पानीको बहाव १ लाख क्युसेक प्रतिसेकेन्ड नाघ्नेबितिक्कै सवारी साधन आवागमन बन्द गरिन्छ । यस पटक ठूला मात्रै नभई साइकल र मोटरसाइकल आवागमनसमेत बन्द गरिएको हो ।

 


१२ भदौ २०७८, शनिवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु