punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीकी महिलाको कञ्चनपुरमा करेन्ट लागेर मृत्यु

Chaupati
safha napa

कैलालीको गोदावरीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। गोदावारी नगरपालिकाका – ५ बस्ने ४० वर्षीया सोनिया रानाको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बुधबार साँझ कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित माईती घरमा मोटरको तार खुट्टामा अल्झिएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


१० भदौ २०७८, बिहीवार १६:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु