नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीको तेस्रो साधारण हुँदै
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीको तेस्रो साधारण सभा हुने भएको छ । यही भदौ १२ गते धनगढीमा हुने साधारण सभाको तयारी पुरा भइसकेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष प्रकाश चन्दले बताए ।
सभामा सहभागिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आग्रह गरिएको उनले बताए । उनले साधारण सभामा सहभागी हुनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरूलाई भदौ १० गतेभित्र संघको सदस्यता लिन आग्रह गरेका छन् ।
संघको साधारण सभा आस्था होटेल धनगढीमा १२ गते १ बजे सुरु हुने भएको छ ।
९ भदौ २०७८, बुधवार १६:१९ बजे प्रकाशित












