नेकपा एकीकृत समाजवादी दर्ता गर्न एमालेका ५५ केन्द्रीय सदस्यले गरे सनाखत

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५५ केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५५ जनाले सनाखत गरेका आयोग स्रोतले जनाएको छ ।

सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो ।

नेकपा एमालेले दलत्यागको कारबाही गरेका १४ सांसदमध्ये ९ जना सांसदले बुधबार नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका छन् । उनीहरुको हस्ताक्षरलाई मान्यता दिने वा नदिने आयोगले टुंग्याउनुपर्नेछ ।

त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाट गरेको सनाखतलाई पनि मान्यता दिने वा नदिनेबारे आयोगले निर्णय गर्नुपर्नेछ ।

 


९ भदौ २०७८, बुधवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु