मेटमणि भन्छन्ः चार महिनाभित्र माओवादीसँग एकता गर्छौं, देशकै ठूलो पार्टी बन्छौं

प्रस्तावित एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफूहरुले गठन गरेको नयाँ पार्टी चार महिनापछि देशकै सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् । नेकपा माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकसँग पार्टी एकता गर्ने तर एमालेसँग कुनै सहकार्य नहुने उनले बताए ।

निर्वाचन आयोगमा एकीकृत समाजवादीको सनाखत प्रक्रिया चलिरहँदा चौधरीले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले सोचेभन्दा धेरैको सनाखत भएको पनि बताए । चौधरीका अनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदको सनाखत भइसकेको जानकारी दिए ।

उनले भने, ‘हामी चार महिनापछि यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्दैछौं ।’कसरी ठूलो पार्टी बन्नुहुन्छ रु भन्ने पत्रकारको प्रश्नमा उनले वामएकताको आधार देखाए ।‘हामीले माओवादी केन्द्र, जनमोर्चादेखि विप्लव, मोहन वैद्य लगायतका पार्टीसँग एकताको प्रक्रिया अगाडि बढाइसकेका छौं । त्यो चाँडै सम्पन्न हुन्छ ।’ उनले भने ।एमालेमा केपी ओलीको नेतृत्व छउञ्जेल कुनै प्रकारको सहकार्य नहुने चौधरीको भनाइ छ ।


९ भदौ २०७८, बुधवार १४:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु