एमाले बैठकपछि एकताको सन्देश दिँदै सामूहिक फोटोसेसन

नेकपा एमालेको स्थायी कमिटी वैठक विभिन्न निर्णय गर्दै सकिएको छ । माधव नेपालसँग अलग्गिएको मध्यमार्गी समूहसहित पूर्वमाओवादी समूहसमेत यो बैठकमा सहभागी भएको थियो ।बैठकपछि एकताको सन्देश दिन सामूहिक फोटोसेसन गरियो ।

फोटोसेसन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमश: उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल थिए । उनीहरू दुवै माधव नेपालबाट अलग भएर मूलधारमा आएका हुन् ।

एमाले पार्टी कार्यालयमा रहेको तुल्सीलाल अमात्यको सालिक अगाडि फोटोसेसन भएको थियो । तस्बिरमा सबै नेताहरू हर्षित मुद्रामा देखिएका छन् ।

गत पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि स्थायी कमिटी बैठकमा पहिलोपटक माधव नेपाल समूहको ठूलो हिस्सा सहभागी भएको हो ।


८ भदौ २०७८, मंगलवार १८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु