कञ्चनपुरमा गोहीको उद्धार

कञ्चनपुरमा गोहीको उद्धार गरिएको छ । सशस्त्र प्रहरीको टोलीले भिमदत्त नगरपालिका – ११ गड्डाचौकीमा रहेको भुपी क्षेत्रीको कुखुराको खोरको जालिमा अड्किएको गोहीको उद्धार गरेको हो ।

बोडर आउट पोष्ट गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले करिब साढे ४ फुट लामो उक्त गोहीको उद्धार गरी डिभिजन वन कार्यालय महेन्द्रनगरमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।


८ भदौ २०७८, मंगलवार १८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु