‘सुदूरपश्चिममा कानुन राजपत्रमा छाप्न अब धेरै पर्खिनु पर्दैन’

सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले प्रदेश सरकारका कानुन राजपत्रमा छपाई गर्न ढिलो हुने बाध्यता अन्त्य भएको बताएकी छन् । मंगलबार धनगढीमा एक कार्यक्रमकाबीच राजपत्र छपाई मेसिनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

उनले प्रदेश सभाबाट पारित भएका ऐन विधयकहरु प्रमाणीकरण भइसकेपछि बनेका कानुन राजपत्रमा प्रकाशन गर्न र जनस्तरसम्म लागु गर्न पखिनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताइन् ।

गत आर्थिक वर्ष ०७७÷०७८को वार्षिक बजेटमा राखिएको भए पनि आर्थिक वर्षको अन्तिममा आएर खरिद गर्न सकिएको उनले बताइन् । प्राविधिक कठिनाइका कारण समयमै सञ्चालन गर्न नसकिएको उनले बताइन् ।

‘प्रदेश सरकारले बनाउने सबै खालका कानुन निर्देशिका, कार्यविधिलगायतका कामहरू प्रदेश बाहिर गएर भरपर्नु पर्ने अवस्था रहेन,’ उनले भनिनन्, ‘प्रदेशले निर्माण गरेका कानुनहरू समयमै लागु हुनेछन् । स्थानीय तहका कानुन निर्माणमा पनि सहयोग पुग्ने उनले बताइन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव चूडामणि पौडेलले प्रदेश सरकारका महत्त्वपूर्ण निर्णयहरुलाई राजपत्रमा प्रकाशन गर्न अब धेरै कुर्नु नपर्ने बताए । नले राजपत्र आउन महिनौँ दिन लाग्ने हुँदा निर्णयहरू ढिलो हुन कुरालाई मध्यनजर गर्दै प्रदेश सरकारले राजपत्र मेसिन छपाई खरिद गरेको उनले बताए ।

आफ्नै मेसिन भएपछि प्रदेश सरकार, स्थानीय तहका कानुनलाई राजपत्रमा छिटो भन्दा छिटो प्रकाशन गर्न सहज हुने उनले बताए । मेसिन खरिदका लागि २७ लाख ८० हजार लागत रहेको उनले बताए ।


८ भदौ २०७८, मंगलवार १५:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु