कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–२ धबैमा मंगलबार बिहान ७२ वर्षीय कर्णबहादुर खत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र गुरुले खत्री घर नजिकैको धानबारीमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली खटिएको छ ।उनको मृत्युको कारण भने खुलेको छैन । अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताए ।

 


८ भदौ २०७८, मंगलवार १४:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु