सेती अस्पतालमा ४४ जनामा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोनाको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा १५७ जनाको कोरोना परीक्षण गरिएकोमा ४४ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्। जसमध्ये ६ जनाको आइसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित अस्पतालबाट निको भएर फर्केका छन् भने ४ जना भर्ना भएका छन्।


८ भदौ २०७८, मंगलवार १४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु