१७ वर्षीया किशोरी बलात्कृत,एक जना पक्राउ
कैलालीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका– ७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।
चौधरीले ती बालिकालाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सीमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
७ भदौ २०७८, सोमवार १५:३४ बजे प्रकाशित












