सर्जियो बुस्केट बने बार्सिलोनाको नयाँ कप्तान

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी बार्सिलोनाबाट बाहिरिएपछि सर्जियो बुस्केट नयाँ कप्तान नियुक्त भएका छन् ।

सिजन २०२१÷२२ का लागि बुस्केट क्लबको नयाँ कप्तानमा नियुक्त भएका हुन् । बार्सिलोनाले बुस्केटको नेतृत्वमा एक कप्तानी टिम बनाएको छ ।

उक्त टिममा जोरार्ड पिके, सर्जि रोवर्टो र जोर्दी अल्बा कप्तना रहेका छन् । मेस्सीले २०१८÷१९ देखि बार्सिलोनाको कप्तानी सम्हाल्दै आएका थिए ।

मेस्सीको कप्तानीमा बार्साले एक ला लिगा र एक कोपा डेल रे जितेको थियो । मेस्सी बार्साको कप्तान बन्दा बुस्केट उपकप्तान थिए ।

सन् २००५ मा बार्सासँग आबद्ध भएका बुस्केटले २००८ देखि निरन्तर बार्साका लागि खेलिरहेका छन् ।


२६ साउन २०७८, मंगलवार २०:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु