punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फ्रेन्च क्लब पीएसजीमा जान मेस्सी सहमत

Chaupati
safha napa

बार्सिलोनाका पूर्वकप्तान लियानेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जान तयार भएका छन्। स्पेनिस सहर बार्सिलोनामै रहेका मेस्सी पीएसजीसँग सम्झौता गर्न सहमत भएका हुन्।

उनले अब पीएसजीसँग दुई वर्षको सम्झौता गर्ने स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ। त्यसपछि एक वर्ष थप्न सकिने सम्झौतामा उल्लेख छ।

फुटबल सरुवा बजारका पत्रकार फाब्रिजियो रोमानोका अनुसार मेस्सीका पिता जर्ज मेस्सीले पनि मेस्सीले पीएसजीसँग सम्झौता गर्ने बताएका छन्। ‘मेस्सीका पिताले भर्खरै पक्का गरेका छन् कि मेस्सीले पेरिस सेन्ट जर्मेनसँग सम्झौता गर्दैछन्,’ रोमानोले ट्वीटरमा लेखेका छन्।

उनी आज मंगलबार नै फान्सको पेरिस प्रस्थान गर्ने बताइएको छ। त्यसपछि उनको सम्झौताको काम हुनेछ। यससँगै अब मेस्सी पुनः ब्राजिली फरवार्ड नेयमारसँग खेल्ने भएका छन्। त्यहाँ अर्जेन्टिनी मिडफिल्डर डी मारिया पनि हुनेछन्। सँगै उनले केलियन एम्बाप्पे र सर्जियो रामोससँग पनि एउटै टिममा खेल्नेछन्।

मेस्सीले भोलि बुधबार पेरिसमा पत्रकार सम्मेलन गर्नेछन्। केही दिनअघि मेस्सी पीएसजीमा अनुबन्ध हुने भए आफ्नो जर्सी नम्बर १० मेस्सीलाई दिने बताएका थिए फरवार्ड नेयमारले। तर मेस्सीले सो नम्बर अस्वीकार गरेका छन् उनले १९ नम्बरको जर्सी लिने हल्ला सामाजिक सञ्जालमा भइरहेका छन्।

पीएसजीले यो सिजन मात्र ठूला खेलाडी भित्र्याएको छ। उसले मेस्सीअघि सर्जियो रामोस, जियान्लुगी डोनारुमा, आर्चिफ हाकिमी र जजिनियो वाइनाल्डमलाई पनि अनुबन्ध गरेको छ।

धेरै तलब खाने खेलाडी क्लबमा हुँदाहुँदै यी खेलाडी अनुबन्ध गर्नुले पीएसजीको साइनिङबारे फाइनान्सियल फेयर प्लेको नियम लागू हुने वा नहुने छानविन गर्नुपर्ने माग युरोपका अन्य क्लबले गर्ने सक्नेछन्।

रामोस, डोनारुमा, वाइनाल्डुम र मेस्सी सबै खेलाडीलाई पीएजसीले फ्रि ट्रान्फरमार्फत अनुबन्ध गरेको हो।


२६ साउन २०७८, मंगलवार १९:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु