मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिमराजमार्गअन्तर्गत जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा से ७ प ८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय साइकल यात्री जगतबहादुर साउदको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।

‘दुर्घटनामा गम्भीर घाइते भएका साउदलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुगाइएको थियो, उपचारकै क्रममा मृत्यु भएको हो,’ उनले भने।

मोटरसाइकल धनीलाई नियन्त्रणमा लिइएको र चालक भने फरार रहेको उनले बताए।


२५ साउन २०७८, सोमवार ०८:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु