सशस्त्र प्रहरीद्वारा पुनर्वासमा पौने ८ लाख राजस्व संकलन

कञ्चनपुरको दक्षिणी भेगमा स्थापित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट पुनर्वासले एक वर्षमा झन्डै पौने ८ लाख राजस्व संकलन गरेको छ ।सशस्त्र प्रहरीको बिओपी पुनर्वासले एक वर्षमा ७ लाख ७६ हजार २१० राजस्व संकलन गरेको हो ।

कोरोनाका कारण जारी लक डाउनको बेलामा सीमापारीका भारतीय बजारहरुबाट अबैध चोरीपैठारीका मालसामान बरामद गरेपछी उक्त राजश्व संकलन भएको हो ।

चोरीपैठारी गरि नेपाली बजारमा ल्याइदै गरेका कपडा, हार्डवेयरका सामान , मोटरसाइकलका अबैध पार्ट , चीनी , मैदा, सुर्तीजन्य पदार्थ , पेय पदार्थ र रासायनिक मल लगायतका मालसामान बरामद गरे पछि ७ लाख ३४ हजार २१० रुपैया बराबर राजश्व संकलन भएको सशस्त्र प्रहरी बल बिओपि पुनर्वासका सशस्त्र प्रहरी निरीक्षक निमबहादुर भण्डारीले बताए ।

यस वर्षको बैशाख देखि साउन २१ गते सम्म ४२ हजार राजस्व संकलन गरिएको र दुई मोटरसाइकल सहित नाइट्रोभेट , स्पामोबक र कालो चरेस बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।


२२ साउन २०७८, शुक्रवार १६:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु