कैलालीमा सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत फेला
कैलालीमा कार्यालय परिसरमै सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् ।बुधबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय हरिषकुमार शाही मृत फेला परेको हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डडेल्धुरा भागेश्वर गाउपालिका–१ का शाही सशस्त्र प्रहरीको कार्यालय परिसर कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेका हुन् ।
शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
२० साउन २०७८, बुधवार १३:०२ बजे प्रकाशित













