डा. जागेश्वर गौतमलाई वीरको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइयो

डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल ९वीर०को प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरीय निर्णय गर्दै  डा. गौतमलाई हटाएको हो ।

गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएका गौतमलाई प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।
वीर अस्पतालको प्रमुखको रुपमा डा। रुद्र मरासिनलिाई नियुक्त गर्ने तयारी भइरहेको पनि मन्त्रालय स्रोतले जनाएको छ  ।

डा. गौतमविरुद्ध उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका आरोपमा वीरका कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।


१८ साउन २०७८, सोमवार १७:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु