सशस्त्र प्रहरीद्धारा कैलालीमा थप दुई वटा विओपी स्थापना

धनगढी । सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा रहेको कैलालीमा थप दुई वटा विओपी स्थापना भएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरले दिएको जानकारी अनुसार  धनगढी उपमहानगरपालिकाको १९ नम्बर वडाको लल्पिुर र भजनि नगरपालिकाको ५ को पगियापसारमा आइतबार विओपी स्थापना गरिएको छ ।

सो विओपीको ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ट उपरीक्षक सुरेश कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।

विओपी स्थापना भएपछि थप जिल्लाको सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी नियन्त्रण गर्न विओपि स्थापना पछि थप सहज हुने श्रेष्ठले बताए ।


१८ साउन २०७८, सोमवार १७:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु