कञ्चनपुरमा साउन मसान्तसम्म थपियो निषेधाज्ञा
कञ्चनपुर: कञ्चनपुरमा जारी निषेधाज्ञा साउन मसान्तसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी निषेधाज्ञा खुकुलो पार्दै थप गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। निषेधाज्ञा अवधिभर सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान, शैक्षिक संस्था, जात्रा, महोत्सव बाहेकका कार्य सञ्चालन गर्न सकिने जनाईएको छ।

१७ साउन २०७८, आइतवार १८:२९ बजे प्रकाशित













