जसपा अध्यक्ष यादव संसदीय दलको नेतामा चयन
sf7df8f}F, !) c;f/ . kfFr ljkIfL u7aGwn] laxLaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / ;Dkfbsx? aLrsf] cGt/lqmofdf af]Nb} hgtf ;dfhjfbL kf6L{sf cWoIf pk]Gb| ofbj . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको नेता महोमद इस्तियाक राईले जानकारी दिए।
संसदीय दलको बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव र महेन्द्र राय यादवले समर्थन गरेका थिए ।यादव पक्षले गत सोमबार पार्टीको आधिकारिता पाएको थियो । ठाकुर पक्षले आधिकारिकता गुमाएपछि निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा पुगेको छ ।
१६ साउन २०७८, शनिवार १५:५२ बजे प्रकाशित













