बाजुरामा बुढीगंगा नदी आंशिक थुनियो, सतर्क रहन आग्रह

बाजुरा । बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ। गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ।

वडा सदस्य गीता रोकायाले नदीमाथिबाट गौमुल ताल फुटेर पहिरो जादा नदी थुनिएको बताइन् ।बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले नदी थुनिएको खबर आएपछि प्रहरीको टोली पठाइएको बताए।

वडा सदस्य रोकायाका अनुसार त्यहाँ एक सातादेखि परिरहेका पानीले बुढीगंगामा वहाव बढेको हो।सोही ठाउँमा तुसारी गाडका २ वटा झलुंगे पुल बगाएको उनले जानकारी दिइन् । वडा नम्बर ३ गर्ज्याङ र वडा नम्बर २ दहकोटमा एउटा झुलंगे पुल बगेको उनले बताइन् ।


१३ साउन २०७८, बुधवार १४:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु