Hotel Flora Long Ad

माया मेट्रो अस्पतालले अक्सिजन प्लान्ट धनगढी भित्र्यायो

धनगढी । धनगढीको माया मेट्रो अस्पतालले जडान गर्ने अक्सिजन प्लान्ट भारतबाट धनगढी भित्र्याएको छ । कोरोना महामारीका बीच भोग्दै आएको अक्सिजनको चरम अभाव र महामारीको तेस्रो लहरसँग जुध्न पूर्वतयारी स्वरुप अक्सिजन प्लान्ट जडान गर्न लागिएको अस्पतालले जनाएको छ ।

महामारीमा भोग्दै आएको समस्यालाई मध्येनजर गर्दै गुणस्तरीय स्वास्थ्य सेवा दिन खरिद गरिएको अक्सिजन प्लान्ट धनगढी ल्याईएको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए । उनका अनुसार एक हप्तामै अक्सिजन प्लान्ट जडान सम्पन्न गरेर उत्पादन सुरु हुने भएको हो ।

दैनिक ४५ सिलिण्डर उत्पादनको क्षमता रहेको अध्यक्ष साउँदले बताए । झण्डै ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट जडान भइरहेको अस्पतालले जनाएको छ । यो प्लान्ट सञ्चालनमा आएपछि माया मेट्रो अस्पताल आफ्नै अक्सिजन प्लान्ट भएको सुदूरपश्चिमको पहिलो निजी अस्पताल हुनेछ ।


१२ साउन २०७८, मंगलवार ०९:०२ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु