punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हलिया मुक्ती आन्दोलन संगै लालपूर्जा प्राप्ती आन्दोलन अगाडी बढ्छ : नगरप्रमुख कुवँर

Chaupati
safha napa

अछाम । साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले हलिया मुक्ती आन्दोलन संगै लालपूर्जा प्राप्ती आन्दोलन पनि अगाडी बढ्ने बताउनुभएको छ ।

साँफेबगरमा आयोजित मानव अधिकार, सुशासन, श्रम अधिकार, बाध्यकारी श्रम, बाल अधिकार, सामाजिक जवाफ देहिता तथा उत्तरदायित्व सम्बन्धि स्थानीय जनप्रतिनिधिसंग एक दिने कार्यशाला गोष्टीमा नगर प्रमुख कुँवरले नगरपालिकामा धेरै दलित दाजुभाई लालपूर्जा बिहिर रहेकोले हलिया मुक्ती आन्दोन संगै लालपूर्जा प्राप्ती आन्दोलन पनि अघि बढाउने बताउनु भएको छ ।

जनता आवास कार्यक्रम अन्र्तगत घर निमार्ण भईरहेपनि धेरै व्याक्तिको जग्गा पूर्जा नभएर समस्या हुने गरेको बताउनुभयो । सरकारले घर बनाउने संगै जग्गा किन्ने पैसाको पनि ब्यावस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख कुँवरले पछाडि परेको बर्गको लागी नगर र वडाले काम गरेपनि प्रतिफल प्राप्त गर्न नसकिएको बताउनुभयो । नगरपालिकाबाट रोजगारको लागी बिभिन्न सिप मुलक तालिममा पठाएको मध्य दुई तिहाई व्याक्ति कुनै न कुनै रोजगारमा जोडिएको नगर प्रमुख कुँवरको भनाई रहेको छ ।

 


११ साउन २०७८, सोमवार ०९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु