Hotel Flora Long Ad

धनगढीमा भाडा दर नराख्ने ३१ अटो रिक्सा कारबाहीमा

धनगढीमा भाडा दर नराख्ने र कागजपत्र नबोक्ने अटो रिक्सा कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय कैलालीले बुधवार भाडा दर नराख्ने र कागजपत्र नभएका ३१ अटो रिक्सालाई कारबाही गरेको हो ।

१० वटा कागजपत्र नभएका र अन्यले भाडा दर नराखेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

कारबाहीमा परेका अटो रिक्साबाट जरिवाना लिइएको उनले बताए । पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरिरहेको छ । भाडदर नराखेर यात्रु ठगिने गरेको भन्दै अनिवार्य रूपमा दुरी अनुसारको भाडा दर राख्न ट्राफिक प्रहरीले निर्देशन दिइसकेको छ ।


६ साउन २०७८, बुधवार १५:१२ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु