विद्यार्थीको आन्दोलनपछि इन्धनको मूल्य १ रुपैयाँ घट्यो

काठमाडौँ : पाँच विद्यार्थी संगठनको आन्दोलनपश्चात् नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा मूल्य घटाउने निर्णय गरेको हो ।

‘स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गर्दै जाँदा इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गरिनुपर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संगठनको मागलाई मध्यनगर गर्दै बुधबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मटितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय भएको छ,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ खुद्रा बिक्री मूल्य क्रमशस् पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेलरमटितेल प्रतिलिटिर १ सय ११र१ सय ११ कायम गरिएको छ ।’

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहेकाले निगमको आर्थिक स्थिति उकास्न मूल्यलाई समायोजन गर्दै लैजानुपर्ने बाध्यतालाई बुझ्नसमेत आग्रह गरेको छ ।


३१ असार २०७८, बिहीवार ०७:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु