डोटीमा बुट्टे ढुङ्गा भेटिएपछि स्थानियले गर्न थाले पुजा
डोटीमा आकर्षक बुट्टेदार ढुङ्गा भेटिएपछि स्थानियले पुजाआजा गर्न थालेका छन । जोरायल गाउँपालिका–३ चन्कट्टेमा स्थानियले उक्त ढुङ्गा फेला पारेपछि पुजाआजा गर्न थालेका हुन ।
खोलामा तटबन्ध बनाउन मेसिन लगाएर ढुङ्गा निकाल्ने क्रममा प्राचीन बुट्टेदार ढुङ्गा फेला परेको स्थानीय अमृत ओलीले जानकारी दिएका छन् ।
गोलो आकारको ढुङ्गामा चारैतिर आकर्षक बुट्टा रहेका छन् । उक्त ढुङ्गा ऐतिहासिक, धार्मिक र पुरातात्विक हुनसक्ने भएकाले स्थानीय बासिन्दाहरुले सुरक्षित स्थानमा राखेर पूजाआजा गर्न थालेका छन् । सो ढुङ्गा हेर्न र पुजापाठ गर्न स्थानीयहरुको भीड लाग्न थालेको छ ।
१९ असार २०७८, शनिवार २१:१० बजे प्रकाशित













