punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डाेटीमा जलाइएकी महिलालाई उपचार गर्न काठमाडौँ लगिँदै

Chaupati
safha napa

डोटीमा जलाइएकी महिलालाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको छ । जिल्लाकाे  आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटलाई उपचारका लागि काठमाडौँ लैजान लागिएको हो । विभिन्न सघसंस्थाको पहलमा गाउँबाट उद्धार गरेर आइतबार दिपायलको सुजंग अस्पतालमा भर्ना गरिएकी भाटको त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने तयारी भइरहेको हो ।

आफ्नै पसलमा सुतिरहेको अवस्थामा पहिचान नखुलेका व्यक्तिले मट्टितेल छर्केर आगो लगाएका थिए । ‘एम्बुलेन्समा राखेर थप उपचारका लागि लैजाने तयारी भइरहेको थियो,’ नेपाली कांग्रेस डोटीका सभापति प्रदीपकुमार देउवाले गृहमन्त्रालयले हेलिकोप्टर पठाउने कुरा भएको जानकारी गराए ।

यस्तै नेपाली कांग्रेसको राहत कोषबाट तत्काल १५ हजार रकम घाइते महिलालाई उपलब्ध गराएको पनि सभापति देउवाले  बताए । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता इन्द्रबहादुर मल्लले शनिबार राती भाटको शरीरमा आगो लगाइएको जानकारी गराए। घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेका उनले बताए ।


१७ जेठ २०७८, सोमवार १५:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु